सुनसरीको दुहवी ४ स्थित रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बाढीले कटान गर्दा १० घर बगाएर लगेको छ भने ३० घरहरु उच्च जोखिममा रहेको छ । धेरै घरहरु क्षतिग्रस्त भएको छ । बुढी खोला र टेङग्रा खोलामा आएको बाढीको कटानले नजिकै रहेको वस्तीका मोहन घिमिरे, नाथुराम चौधरी, ह्रदयलाल सहनी, राजु सहनी, सुरेन्द्र शर्मा, नुरहसन मियाँ, सकिल मियाँ र कुदुस मियाँको १० घरहरु बगाउँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ । मानविय क्षति भने न भएको बताइएको छ । ८ परिवारका ४१ जनालाइ नेपाल प्रहरीको सहयोगमा दुहवी ४ स्थित वि।पि। आधारभुत विद्यालय र मर्दसा इस्लाहुलमा राखिएको दुहवी ४ का वडाध्यक्ष राजन बस्नेतले बताए । क्षति कम गर्न र राहत जुटाउँन अहोरात्र खट्ने बताउँदै वडाध्यक्ष बस्नेतले बुढी खोला र टेङग्रा खोलामा तिव्ररुपमा कटान भइरहेकोले सर्तकता अपनाएर सुरक्षित स्थानमा आउँन वडा कार्यालयले अनुरोध समेत गरेको जनाए । 

0 comments :

Post a Comment

 
Top