श्रावण ५,रामधुनी
नेवार समुदायको कला तथा संस्कृती सरंक्षण तथा उथान गर्ने मुल उदेश्यका साथ  वि.स.२०६४ सालमा स्थापना भएको नेवा दे्यदवु  नगर समिती रामधुनीले झुम्का वाणिज्य संघको सभाहलमा समितिका अध्यक्ष केदार श्रेष्ठको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि ५ वडा नेवा दे्यदवु  समिती गठन गरेको छ।जसमा अध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, उपाध्यक्षमा रोजि श्रेष्ठ, सचिवमा अशोक श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ सदस्यमा भिम श्रेष्ठ ,महेन्द्र शाख्य, कल्पना सर्व सहमतिले निर्वाचित हुन सफल हुनु भएको छ । नगर समितिको कार्य क्षमता छिटो छरितो तथा कार्यभार विभाजन गर्नको लागि वडा समिती गठन गरिएको बताईएको छ । आफ्नो स्थापना काल दखि नै नेवारी कला,  संस्कृती तथा पहिरनको संरक्षण गर्न  लाखे जात्रा निकाल्ने , महपुजा संचालन गर्ने तथा नेवार जातिको हकहितकि लागि विभिन्न माध्यमद्वारा उठाउदै आएको नगर समितिले हाल आफ्नो संरचना वडा सम्म जोड्न सफल भएको छ। मन्तव्यको क्रममा संस्थापक अध्यक्ष श्याम कुमार श्रेष्ठ यस संस्था स्थापना गर्न साईकलमा घर(घर  गरेर समितिको आवश्यकता तथा महत्वको बारेमा जानकारी प्रदान गर्दै समिति आवद्ध हुन प्रेरणा दिएको कुरा बताए। वडा समितिको माईनट तथा अन्य आवश्यक सामाग्री समेत नगर समितिका उपाध्यक्ष रवि कुमारद्वारा नव निर्वाचित समितिलाई प्रदान पनि यसै कार्यक्रम गरिएको थियो।

 साथै नगर समितिका अध्यक्ष केदार श्रेष्ठले मन्तव्य राखने क्रममा वडा कार्य समितिबाट आफुले   नगरको जिम्मेवारी साझेदारीमा सहयोगको ठूलो अपेक्षा राखेको बताए र सफल कार्यकालको समेत नव गठित वडा समितिलाई बधाई दिनु भयो। अन्त्यमा नव निर्वाचित कृष्ण कुमार श्रेष्ठले आफ्नो कार्यकालमा कार्य तथा जिम्मेवारी पुर्ण तरिकाले निभाई  नगर समितिलाई  सहयोग  गर्ने र कार्यकाल सफल तुल्याउन अथक संघर्ष गर्ने प्रतिवद्द्ता जनाउदै कार्यक्रम सम्पन भएको घोषणा गरेका हुन।

0 comments :

Post a Comment

 
Top