प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको दाबी गर्नुभएको छ ।

राष्ट्रिय युवा परिषदले आइतबार ललितपुरमा आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गर्नुभयो । अहिले आफ्नो लागि भन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा रहेको भन्दै उहाले नेपालको विकास गर्न समस्या नरहेको उहाले बताउनभयो ।
प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताउनुभयो ।  सरकारले बोलाएरै युवाहरुलाई राजनीति गर्न सिकाइरहेको भन्दै प्रधानमन्त्री ओलीले सिकाइलाई समाज सुधारका साथ जोड्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यता राष्ट्रिय युवा परिषद नेपालको नमुना युवा संसद २०७६ का प्रधानमन्त्री संजीव न्यौपानेले ४ दिन सम्म चलेको प्रशिक्षण पस्चातको कार्यक्रममा युबा सरकारको युबा प्रधानमन्त्रको भुमिकामा सरकारको नीति तथा कार्यक्रम माथीको छलफल पछि बैठकलाई सम्बोधन गर्न पाउनु जीवनकै सुनौलो मौकाको रुपमा लिएको धारणा राख्नु भएको थियो ।

0 comments :

Post a Comment

 
Top