केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिले बाढीबाट प्रभावितहरुको राहत उद्धारका कार्य तीव्र गतिमा भइरहेको जनाएको छ ।

गृह मन्त्री राम बहादुर थापाको अध्यक्षतामा शनिबार बसेको बैठकले वर्षाका कारण निम्तिएका रिस्थितिको सामना गर्दै तीव्र गतिमा राहत तथा उद्धार कार्य भईरहेको जनाइएको हो । बैठकबाट बाढी पहिरो पीडितहरुलाई स्थानीय सरकारमार्फत राहत वितरण गर्ने  निर्णय गरेका जनाइएको छ ।

 सरकारले अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिनुभयो । बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरि प्रदेश सरकारसँग समन्वयन गरि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गर्ने निर्णय गरेको उहाले बताउनुभयो । बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरि स्थानीय सरकारबाटै राहत वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको राईको भनाई छ ।

बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारमा हेलिकाप्टर उद्धार भइरहेको राइले जानकारी दिनुभयो ।।

0 comments :

Post a Comment

 
Top