नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार‘  यस वर्ष रुमा पुरस्कृत हुनुभएको छ । पुरस्कार छनौटका लागि नेपाल पत्रकार महासंघ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनौट समितिको २०७६ असार १७ गते बसेको बैठकले २०७६ वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतामध्येबाट १० जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।
जसअनुसार रेडियोतर्फ रामकुमारी खड्का र रुमा रिजाल, शर्मिला खनाल, छापामाध्यमतर्फ राससका प्रकाश सिलवाल र नागरिकका हिमाल लम्साल र खगेन्द्र अधिकारी लाई प्रदान गरिने भएको छ । त्यस्तै टेलिभिजनतर्फ धनबीर दाहाल, र कोपिला पोखरेल, रधनमाया भुसाल, र कार्यक्रम प्रस्तोतातर्फ सोभिता रिसाल लाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनौट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तु छनौट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । पुरस्कार प्राप्त गर्ने पत्रकारहरुलाई मिति २०७६ असार २९ गते  दिउँसो १ः३० बजे नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको सभाहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरको प्रमुख आतिथ्यतामा पुरस्कृत गरिएको हो ।

0 comments :

Post a Comment

 
Top