श्रावण–१२ 

इटहरीमा रहेको नेवाः पुचः इटहरीले भाषा सस्कृति जोगाउन आयोजना गरेको चालिस दिने बासुरी तथा धिमे बाजा तालिमको समापन गरेको छ ।
२५ जना सहभागी रहेको उक्त तालीमपछि भाषा र संस्कृतिमा युवा पुस्ताको पनि सहभागीता रहेको थियो । नेवारी भाषालाई जोगाई राख्ने चालिस दिन सम्म १० जनाले नेवनारी भाषाको कक्षा लिएको प्रशिक्षक नबिन किशोर टंगोलले बताए ।. उक्त कार्यक्रममा भर्खरै निर्वाचित भएका उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलसंगै पदाकधिकारीहरुलाई समेत स्वागत, सम्मान तथा शुभकामना प्रदान गर्न कार्यक्रम गरिएको कार्यक्रमका संयोजक बासु श्रेष्ठले बताए । कार्यक्रममा नेवाः पुचःका अध्यक्ष बिनोद चोछेको सभापतित्व रहेको थियो भने पुर्व अध्यक्ष राजेश श्रेष्ठ, नेपा बहुउद्धेश्यका जितेन्द्र श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।।

0 comments :

Post a Comment

 
Top