अन्तर्रा्ष्ट्रिय च्याम्पियन्स कप फुटबलमा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले ईटालीको युभेन्टसलाई हराएको छ । 

गएराति भएको खेलमा टोटनह्यामले युभेन्टसलाई ३–२ ले पराजित र्गयो । टोटनह्यामको जितमा इङ्लिस स्ट्राईकर ह्यारी केनले ईन्जुरी समयमा निर्णायक गोल गरे । यसअघि टोटनह्यामका एरिक लामेला र लुकास मौराले एक–एक गोल गर्दा युभेन्टस्का गोन्जाले हिगुवान र क्रिश्चियानो रोनाल्डोले एक–एक गोल गरेका थिए । अन्तर्रा्ष्ट्रिय च्याम्पियन्स कप फुटबलकै अन्य खेलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको रियालम मड्रिडलाई ३–१ ले पराजित गर्दा इङ्ल्यान्डको आर्सनलको ईटालीको फियोरेन्टिनामाथि ३–० को जित निकाल्यो ।।

0 comments :

Post a Comment

 
Top