प्रदेश नं= १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो । प्रदेश नं= १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बाढी र डुवानमा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था गरिने जानकारी दिए । मन्त्री कार्कीले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र उद्धार गर्न तीन वटै सुरक्षा अंग परिचालन गरिएको बताए ।

0 comments :

Post a Comment

 
Top